अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक कालीचरण पंजियारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।
सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिएको भन्दै धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत पंजियारविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
अनुसन्धानको क्रममा पंजियारले घुस लिएको तथ्य फेला परेकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको माग दाबीसहित शुक्रबार मुद्धा दायर गरिएको उनले बताए।