पूर्वी चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
राप्ती नगरपालिका-६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले बिहीबार राति ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका–४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङको मृत्यु भएको प्रहरीले बताएको छ।
ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।