इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि पक्कि घर निर्माण गर्ने भएको छ। चितवनको इच्छाकामना गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबीच उक्त घरको शिलान्यास गर्दै वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको बताइन्।
'हामीले शौचालय र खानेपानीको सुविधासहित घर निर्माण गरी एकीकृत नमूना बस्ती बनाउन लागिएको हौं,'उनले भनिन्,प्रत्येक नागरिकको सुक्षित आवासका लागि गाउँपालिकाले सो योजना अघि बढाएको हो।
वडा नंं ७ का वडाध्यक्ष बमबहादुर थापाका अनुसार सो बस्तीमा ४६ घरधुरीमध्ये ३५ परिवार चेपाङ समुदाय छन् भने अन्य दलित र तामाङ समुदाय रहेका छन्।