रुसी राष्ट्रपति पुटिन अकस्मात सिरियामा

अमेरिका र इरानबीच बढ्दो कटुताका कारण यसको प्रभाव सिरियासम्म पर्ने बताइएको छ। 

बिएल संवाददाता

वासिङटन डिसी
रुसी राष्ट्रपति पुटिन सिरियाका समकक्षीसँग। तस्बीर एजेन्सी।

अमेरिका र इरानबीच युद्धको स्थिति यथावत रहेपछि रुसी राष्ट्रपति ब्लादिमिर पुटिनले बुधबार अचानक सिरियाको यात्रा गरेका छन्। उनले सिरिया भ्रमणका क्रममा समकक्षी बहर अल–असदसँग भेटवार्ता गरे। 

अमेरिका र इरानबीच बढ्दो कटुताका कारण यसको प्रभाव सिरियासम्म पर्ने बताइएको छ। 

रुसी राष्ट्रपति पुटिनको यो पहिलो दमिश्क र सिरियाको दोस्रो आधिकारीक भ्रमण हो। ९ वर्षदेखि सिरियामा युद्ध जारी छ। सिरियाको बशर अल असद सरकारको सन् २०१५ देखि नै रुसले समर्थन गर्दै आइरहेको छ। 

दुबै देशका शीर्ष नेताको अगाडि रुसी सेनाका कमाण्डरले सैन्य तयारीको ब्यहोरा दिएका थिए। सिरियाली राष्ट्रपतिले पुटिनसँग हात मिलाएको फोटो पनि सार्वजनिक गरेका थिए। उनले आतंकवादविरूद्ध लड्न र सिरियामा शान्ति बहाल गर्न रुसले गरेको सहयोगप्रति आभार प्रकट गरे। 

पुटिनको तर्फबाट प्रवक्ता दिमित्री पेसकोभले भने, ‘असदसँगको कुराकानीमा पुटिनले भनेका छन्, हामी विश्वस्त भएर भन्न सक्छौं–सिरियालाई राष्ट्र दर्जा र देशको क्षेत्रीय अखंडतालाई बहाली गर्ने दिशामा ठूलो दूरी तय भएको छ।’


 

प्रकाशित मिति: : 2020-01-09 06:25:35

प्रतिकृया दिनुहोस्