चन्द समूहका जिल्ला सेक्रेटरी काठमाडौंबाट पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ। उनी काठमाडौंबाट पक्राउ परेको प्रहरीले बताएको छ। 

‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिए।

नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी  गरेको छ।

प्रकाशित मिति: : 2020-01-08 20:38:13

प्रतिकृया दिनुहोस्