सरकारले खटाएको क्षेत्रमा नजाने चिकित्सकलाई कडा कारवाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले लगानी गरेर चिकित्सक बनाइएका व्यक्ति सरकारले खटाएको क्षेत्रमा नगए कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

कान्ति बाल अस्पतालको ५८ औं बार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दुई बर्ष सेवा गर्नुपर्ने व्यवस्था अनिवार्य रहेको भन्दै सरकारले खटाएको क्षेत्रमा नगए कडा कारवाही गर्ने चेतावनी दिएका हुन्। 

स्वास्थ्य क्षेत्रलाई बिधिसम्बत ढंगले चलाउर्ने काम निकै कठिन देखिएको उनले बताए । मन्त्री ढकालले आफु पैसा कमाउनका लागि राजनीतिमा नलागेको भन्दै आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता पनि जनाए । कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य दाबी गरे। 

उनले अतिरिक्त कामका लागि खरिद गरिएको मेशिन पनि अस्पतालमा कामबिहिन भएर बसेको भन्दै यस्तो प्रबृतिलाई सरकारले निरुहात्सीत गरिने बताए । कार्यक्रममा अस्पतालका निर्देशक डाक्टर आर.पी. बिच्छाले गत आर्थिक वर्षमा ओपीडितर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको जानकारी दिए । 

प्रकाशित मिति: : 2020-01-08 05:09:00

प्रतिकृया दिनुहोस्