छोराको हत्या गरेको आरोपमा आमासहित चार जना पक्राउ,बाबु अझै फरार

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरीले १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरिया गाउँपालिका– ९ सेमरबारी बस्ने किशोरीकी आमा शिवकली देवी, काका सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र ट्याक्टर चालक जितेन्द्र यादव रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले बताए।

एसपी राठौरका अनुसार पुनिताकी आमा पनि पक्राउ परेकी छिन्। बुबा भने फरार रहेका छन् । पुनिता हत्याको घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा मोबाइलमा केटाको फोन आएपछि पुनितालाई कुटपिट गर्दा मृत्यु भएको हुनसक्छ। एसपी राठौरले भने, ‘कुटपिटकै क्रममा पुनिताको ज्यान गएपछि घरनजिकैको खेतमा गाडेको जस्तो देखिन्छ । जलाएको अवस्थामा केही अवशेष पनि फेला परेका छन् ।’

प्रकाशित मिति: : 2020-01-08 03:41:12

प्रतिकृया दिनुहोस्