पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफ्नो तलबभत्ताबाट स्थानीय गुंगा माविमा अध्ययनरत विपन्न बालबालिकालाई जाडोको न्यानो कपडा सहयोग गरेका छन्।
गरिब, विपन्न परिवारका बालबालिका जाडोमा कपडा अभावले विद्यालय नियमित नजाने गरे पश्च्यात अध्यक्ष बस्यालले नियमित विद्यालय जाउन भन्ने आशाका साथ ५७ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरेका हुन्।
'न्यानो कपडा अभावमा कोही पनि बालबालिका जाडोमा शिक्षाबाट वञ्चित नहुन् भनी न्यानो कपडा सहयोग गरेको हुँ,' उनले भने, मैले अहिलेसम्म बुझेको तलबभत्ता सामाजिक क्षेत्रमा नै खर्चाएको छु।'
अध्यक्ष बस्यालले आफूले पाएको तलबभत्ता गाउँपालिकाकाभित्रका धार्मिक, पर्यटकीय क्षेत्रको विकास, विपन्न वर्ग,समुदायका बालबालिकाको पठनपाठन र गरिब असहाय परिवारको औषधि उपचारमा सहयोग गर्दै आएका छन्।
'निर्वाचनका बेला जनताका घरदैलोमा पुगेर आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए,' उनले भने,सोहि वाचा निभाउदछु।'