बस दुर्घटना हुदाँ एकको मृत्यु, १८ जना घाइते

तस्बिर : एजेन्सी

महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने  १८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहाका निवासी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार राय रहेका छन्।

काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका नेता रायको उपचार जनकपुर अञ्चल अस्पतालमा गरे पश्च्यात थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो।

अन्य घाइतेहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारी जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-01-08 01:51:18

प्रतिकृया दिनुहोस्