मंगलबार पश्चिमी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन्। पश्चिमी निम्न चापिय प्रणालीको प्रभावले पश्चिममा पानी पर्ने मौसमविद्ले बताएका हुन्।
मौसमविद् शान्ति कँडेलका अनुसार आज उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुनेछ।
यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने उनले बताइन्।
तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाडाैं मध्य र पूर्वमा पनि पानी पर्ने मौसमविद् कँडेलको भनाइ छ।
यो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने उनले जानकारी दिइन्। चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र झोलिलो पदार्थ खान डाक्टरहरुले सुझाव दिएका छन्।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २२ गते (मंगलबार)
दिउँसो : देशको पश्चिमी भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
रातीः देशको पश्चिमी भू-भाग, मध्य र पूर्वका पहाडी भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
पौष २३ गते (बुधबार)
दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
पौष २४ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भु-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।