उत्तर कोरियाले देखायो सैन्य क्षमता

बिएल संवाददाता

प्याेङयाेङ

इरानसँगको सम्भावित युद्धमा घेरिएको अमेरिकाविरूद्ध आइतबार उत्तर कोरियाले राजधानी प्योङयोङमा विशाल सैन्य शक्ति प्रदर्शन गरेको छ।

परमाणु कार्यक्रमलाई लिएर अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध राम्रो छैन। उत्तर कोरियाली नेता किम जोङ उनको समर्थनमा आइतबार लाखौं नागरिक सुङ स्क्वायरमा जम्मा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। 

कार्यक्रममा प्रधानमन्त्री किम जोरयोङ पनि समावेश थिए। पछिल्लो साता उत्तर कोरियाका शीर्ष नेता किमले नयाँ वर्षमा देशको सामरिक रणनीति परिवर्तन गर्ने बताएका थिए। उनले यस अवसरमा लामो दूरीसम्म मारहान्न सक्ने मिसाइलको विकाश गर्ने जनाएका थिए।

परमाणु निशस्त्रीकरणको मुद्धामा प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया अमेरिकाको चेतावनीलाई वेवास्था गर्दै आफ्नो सैन्य क्षमता बढाउन लागेको छ। 
 

प्रकाशित मिति: : 2020-01-07 10:50:49

प्रतिकृया दिनुहोस्