२२ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरीलाई नेपाल घुमाउन ल्याइन्। पहिलोपटक नेपाल आएकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मोहित भइन्।
आमाछोरीले त्यतिबेला मुस्ताङमा पदयात्रा गरे। कोरीकी दिदी करिन भान भेगल सन् १९९५-२००१ सम्म कृषिसम्बन्धी परियोजनामा काम गर्न नेपाल बसेकी थिइन्।