एसपी मल्लले बुझे रवाना

एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन्। शुक्रबार एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएका हुन्।  

बुधबार मात्रै ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई १२ घन्टे अल्टिमेटम दिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रहेका एसपी मल्लले डीएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ।

एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको थियो। सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला छाडेका थिएनन्।

मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ।  
 

प्रकाशित मिति: : 2020-01-04 02:32:12

प्रतिकृया दिनुहोस्