निक्षेप ब्याजदरमा मोलमोलाइ रोक्न ऋणपत्रमा उच्च ब्याज

  •  अर्थमन्त्रीले ऋणपत्रको ब्याजदर उच्च भएको टिप्पणी गरे पनि राष्ट्र बैंकले यसमा हस्तक्षेप नगर्ने
  •  नेपालमा निक्षेपमा मोलमोलाइ गर्ने प्रवृत्ति देखियो, यसलाई निरुत्साहित गर्न र तरलता व्यवस्थापन गरेर ब्याजदरमा स्थायित्व कायम गर्न यो उपाय लगाएका हौँ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अनिवार्य ऋणपत्र बिक्री गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरूले निक्षेपमा दिइएको भन्दा बढी ब्याज दिएर ऋणपत्र जारी गरिरहेका छन् । जारी गरेको सबै ऋणपत्र बिक्री गर्ने उद्देश्यले बैंकहरूले बढी दरमा ब्याज दिन थालेका हुन् ।

 ऋणपत्रमा दिइने उच्च ब्याजदरप्रति अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि देखाए पनि राष्ट्र बैंकले भने कुनै हस्तक्षेप नगर्ने संकेत देखाएको छ । केही महिनाअघि मात्र ऋणपत्र जारी गरेका सिद्धार्थ, प्रभु, सनराइज र कुमारी बैंकले ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशतसम्म तोकेका थिए । लक्ष्मी बैैंकले १० प्रतिशत तोकेको थियो । बितेको तीन वर्षयता देखिएको कर्जायोग्य पुँजी अभाव सल्टाउन बैंक तथा वित्तीय संस्थाले निक्षेपमा उच्च ब्याज दिँदै आएका छन् । नयाँ निक्षेप बढ्न नसकेपछि बैंकहरूले एकआपसमै निक्षेप तानातान गर्ने उद्देश्यले उच्च ब्याजदर दिन थाले । संस्थागत ठूला निक्षेपकर्ताले पनि  १४ प्रतिशतसम्म ब्याज पाउने गरी मोलमोलाइ गरेका थिए । 

प्रकाशित मिति: : 2020-01-03 21:18:43

प्रतिकृया दिनुहोस्