नागरिककै हैसियतमा कँडेलसँग भारतीय प्यान कार्ड

तस्बिर : नयाँ पत्रिका

नेपालका पूर्वगृह राज्यमन्त्री तथा कांग्रेसका बहालवाला सांसद देवेन्द्रराज कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ए क्याटगोरीको प्यान कार्ड लिएका छन् । यो कार्ड भारतीय नागरिकको विशेषाधिकार हो ।

गैरभारतीयले मात्र होइन, भारतीय मूलका विदेशीले पनि यो क्याटगोरीको कार्ड पाउँदैनन् । उनीहरूका नाममा ४९एए अनुसार प्यान कार्ड जारी गरिन्छ । त्यति मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको फाइलमा ‘इन्डियन सिटिजन फ्ल्याग’ पनि स्पष्ट उल्लेख छ । 

प्रकाशित मिति: : 2019-12-30 04:50:32

प्रतिकृया दिनुहोस्