नेपालका पूर्वगृह राज्यमन्त्री तथा कांग्रेसका बहालवाला सांसद देवेन्द्रराज कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ए क्याटगोरीको प्यान कार्ड लिएका छन् । यो कार्ड भारतीय नागरिकको विशेषाधिकार हो । गैरभारतीयले मात्र होइन, भारतीय मूलका विदेशीले पनि यो क्याटगोरीको कार्ड पाउँदैनन् । उनीहरूका नाममा ४९एए अनुसार प्यान कार्ड जारी गरिन्छ । त्यति मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको फाइलमा ‘इन्डियन सिटिजन फ्ल्याग’ पनि स्पष्ट उल्लेख छ ।
आफूले भारतीय नागरिकको कागजपत्र बनाएको कँडेललाई थाहा छ, त्यसैले उनी संयमित छन्, तर कांग्रेसका केही केन्द्रीय नेताले कँडेलप्रति अति विश्वास देखाउँदै यसअघि नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति अविश्वास गरेका छन् । त्यसैले नयाँ पत्रिकाले सीमापारको स्थलगत अनुसन्धान गरेर भारतीय आयकर विभागको दस्ताबेज नै प्राप्त गरेको छ ।
पूर्वगृह राज्यमन्त्री तथा बहालवाला कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिककै हैसियतमा भारतीय प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको DTIPK 9995J नम्बरको प्यानकार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण पनि नयाँ पत्रिकाले प्राप्त गरेको छ । उनीमाथि दोहोरो नागरिकता लिएको सम्बन्धमा छानबिन भइरहेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया