बिएल संवाददाता
वल्भ्सले इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेष्टर सिटीलाई पराजित गरेको छ।
शुक्रबार राति वल्भ्सले घरेलु मैदानमा म्यान्चेष्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। दुई गोलले पछाडी परेको अवस्थालाई उल्ट्याउँदै वल्भ्सले सिटीलाई पराजित गरेको हो।
गोलकिपर ईडरसन १२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमिति बन्न पुगेको थियो।
खेलमा अग्रता सिटीले २५ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै ५० औ मिनेटमा सिटीको अग्रता दोब्बर पारे।
एडामा टौरीले ५५ औ मिनेटमा वल्भ्सका लागि पहिलो गोल गरे।
८२ औं मिनेटमा घरेलु टोलीका राउल जिमेनेजले गोल गर्दै खेललाई २–२ को स्थितीमा ल्याएका थिए।
खेल सकिन एक मिनेट अगाडी माट डोहर्टीले गोल गर्दै सिटीलाई स्तब्ध पार्ने नतिजा निकाले।
सिटीको १९ खेलबाट ३८ अंक छ। वल्भ्स ३० अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया