घटनाको मुख्य दोषी भीमजीभाई भीखाभाई खिमाणियाका छोरा रमेशभाई खिमजीभाई रहेको बताइएको छ। घटना सन् २००४ को थियो।
भारतको गुजरात राज्यको सुरेन्द्रनगरमा एक व्यक्तिले आफ्नो सौतेनी आमालाई कागजमा श्रीमति प्रमाणित गर्दै सरकारी योजनाको लाभ लिएको खुलासा भएको छ। ती व्यक्तिले एक सय वर्ग मिटरको प्लान्ट आफ्नो नाममा ल्याउन सफल भएको बताइएको छ।
घटना सुरेन्द्रनगरको सायला तहसिलको वखतपर गाउँको हो।
सौतेनी आमाको नाम परिवर्तन गर्दै उसले श्रीमति बनाएको थियो।
विकाश अधिकारी कहाँ मुद्धाको उजुरी परेपछि मात्र घटना सार्वजनिक भएको हो।
घटनाको मुख्य दोषी भीमजीभाई भीखाभाई खिमाणियाका छोरा रमेशभाई खिमजीभाई रहेको बताइएको छ। घटना सन् २००४ को थियो। जति बेला बुवा भीमजीभाई गाउँको उपप्रधानपञ्च थिए। छोरा भने अविवाहित रहेको बताइएको छ। सरदार आवास योजनाअन्तगृत एक सय मिटर आवासीय फ्लाटका लागि आफ्नै सौतेनी आमालाई श्रीमति बनाएर रमेशले निवेदन दिएका थिए।
सौतेनी आमा सुरजबहनको आवेदनमा प्रस्तुत भएको दस्तावेजमा हेमिबहन लेखिएको छ।