श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका–१५ मा श्रीमतीको मृत्यु भएको छ।

घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमान काजिमानको कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले काजीमानलाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2019-12-27 03:44:00

प्रतिकृया दिनुहोस्