हामी सधैँ झैँ हाँसीखुशी परिवारमा सँगै छौँ, सम्बन्धमा कुनै चिसो आएको छैन: गायक रामकृष्ण

गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकाल आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो भएको बताएका छन्। 

बुधबार जिल्ला अदालत काठमाडौंबाट उनको सम्बन्धविच्छेद भएको प्रकाशित समाचारलाई खण्डन गर्दैै आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको बताए। सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने आफ्नो सम्बन्धविच्छेद नभएको भन्दै खण्डन गरेका हुन् । 

'पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्धविच्छेदलाई लिएर समाचारहरु बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्। त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।'उनले लेखेका छन्।  

उनले श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी निम्न स्तरमा उत्रिएर अनुमानका भरमा भ्रामक अड्कलबाजी र ठोकुवा गरेर चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गरेका छन्। 

सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय नितान्त व्यक्तिगत हुने भन्दै नकारात्मक तरिकाले टिप्पण्ी गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने उनले बताएका छन्। 

उनले आफूप्रति चासो देखाने दर्शक श्रोतालाई धन्यवाद दिंदै अनवरतरुपमा प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम भएको बताएका छन्। 'हामी सधैँ झैँ हाँसीखुशी परिवारमासँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।' उनले अन्त्यमा लेखेका छन्। 

 

प्रकाशित मिति: : 2019-12-27 02:37:17

प्रतिकृया दिनुहोस्