गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा नहुने जनाएको छ।
सामाजिक सञ्जालमा विहीबार सूर्यग्रहण लाग्ने हुँदा सरकारले सार्वजनिक बिदा दिएको भन्ने कुरामा सत्यता नभएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाए।
बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने निर्णय भएको उनले जानकारी दिए।
उनले बिहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए।