भ्रष्टाचारबारे डरलाग्दो तथ्यांक सार्वजनिक : घुसमै खर्च हुन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी

उद्योग परिसंघले १ हजारभन्दा बढी साना–ठूला उद्यमीमा गरेको अध्ययनअनुसार ठूला उद्यमीले आयको ३० दशमलव ४१ प्रतिशतसम्म, मझौलाले ३२ दशमलव ७२ प्रतिशत र साना उद्योगीले ३४ दशमलव ६७ प्रतिशतसम्म घुस टिप्समा खर्च गरिरहेका छन्। 

निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यावसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ । नेपाल उद्योग परिसंघले १ हजारभन्दा बढी उद्योगीहरूमा गरेको अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनुपरेको भेटिएको हो । ‘कतिपय अवस्थामा निजी क्षेत्रले ५७ प्रतिशतसम्म घुसमा खर्च गर्नुपरेको भेटियो,’ नेपाल उद्योग परिसंघका बैंकिङ तथा नियमन समितिका सदस्य अनलराज भट्टराईले भने । 

प्रकाशित मिति: : 2019-12-23 21:23:21

प्रतिकृया दिनुहोस्