नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट शकुशल उद्दार गरेको छ ।
शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो ।
उनीहरुले सोधपुछ गर्नुछ भन्दै शाहीलाई उठाउन खोजे । इलाले शाहीलाई लैजान दिइनन् । लैजाने नै हो भने आफू पनि सँगै जाने बताइन् । दुबै जनालाई लिएर गएको समूहले करिब दुई घन्टा पैदल हिँडेपछि इलालाई जंगलमा छाड्यो ।
इलाले आफ्ना श्रीमानलाई लिएर हतियारधारी समूह कालिकोटतिर लागेको सूचना प्रहरीलाई दिएकी थिइन् ।
विप्लव समूहले अपहरण गरेको हुनसक्ने अशंकामा सम्भावित क्षेत्रलाई लक्षित गरेर सशस्त्र प्रहरीको कालिकोट गुल्मको टोलीले अपरेशन चलाएको थियो ।
साँझ पौने ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्र आसपास सशस्त्र प्रहरीको टोली पुगेको थियो । सुरक्षा सम्बद्ध अधिकृतहरुकाअनुसार विप्लव समूहका व्यक्तिले पनि शाहीलाई त्यही इलाकामा पुर्याएका थिए ।
सशस्त्र प्रहरी बल, कालिकोट गुल्मका प्रमुख दिपेन्द्र कुँवरले सशस्त्र प्रहरीको टोलीले घर घेराउ गरेर हवाई फायरिङ गरेको बताए । उनले भने, ‘त्यसपछि अध्यक्षज्यूलाई छाडेर विप्लव समूहका व्यक्ति भागे।’