संयुक्त राज्य अमेरिकाले साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ। अमेरिकी रक्षामन्त्री मार्क एस्परले तेल खानी आक्रमण गरिएपछि प्रतिरक्षात्मक स्वरूपमा अमेरिकी सैनिक खटाइने पत्रकारहरूलाई बताए।
शुक्रवार रक्षामन्त्री एस्परले अमेरिकी सेनाको ज्वाइन्ट चीफ अफ स्टाफ जेनरल जोसेफ डन्फोर्ड जुनिअरलाई छेउमा राखेर साउदी अरबमा सेना पठाउने घोषणा गरेका हुन्।तर कति सङ्ख्यामा अमेरिकी सैनिक पठाउने भन्ने विषयमा चाहिँ निर्णय भइसकेको छैन।
न्यूयोर्क टाइम्सका अनुसार इरानमाथि सैनिक कारबाहीबारे अझै विचार भइरहेको छ कि भन्ने संवाददाताहरूको जिज्ञासामा रक्षामन्त्रीले भनेः हामी त्यो ठाउँमा अहिले छैनौँ।
गत हप्ता इरानको समर्थनप्राप्त यमनको हूथी विद्रोही समूहले साउदी अरबमा दुई आक्रमण गरेका थिए । साउदी अरबका अब्काइक र खुरैस प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि विश्वभरि तेल आपूर्ति प्रभावित हुन पुग्यो।
बुधवार साउदी अधिराज्यको रक्षा मन्त्रालयले ड्रोन र क्रूज क्षेप्यास्त्रको अवशेष देखाउँदै इरानको संलग्नता रहेको पुष्टि भएको बताएको थियो।अमेरिकाले पनि इरानमाथि आक्रमणको आरोप लगाउँदै आएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया