अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस जनवरी २ सम्म कायम राख्ने सम्भावना बढेको छ।एल साल्भाडोर, हैटी, सुडान र निकारागुवाको टीपीएस जनवरी २ सम्म रहने भएकाले नेपालको पनि उनीहरूसँगै मिलान गर्ने योजनामा युएससीआईएसले काम गरिरहेको बताइएको छ।
आगामी जुन २४ मा सकिने नेपालको टीपीएस विचाराधीन मुद्दाका कारण डिसेम्बर २४ सम्म स्वत: बढेको छ। यस अवधिसम्म टीपीएस कायम भएका नेपालीको टीपीएस स्वत: बढ्नेछ।तर, पहिले लिएर बिचमा छोडेकाले भने पुन: आवेदन दिएर बाँकि समयका लागि टीपीएस पाउँन सक्ने बताइएको छ।