इयूले भन्यो- जर्मनीका राजदूत निस्कासनबारे भेनेजुयलाले पुनः सोच्नेछ

देश छाड्ने आदेश पाएका भेनेजुयलाका लागि जर्मनीका राजदूत डानिएल क्रिनेर। तस्बिरः एपी

भेनेजुयलाका लागि जर्मनीका राजदूत डानिएल क्रिनेरलाई देश निकाला गर्न दिएको निर्देशनबारे भेनेजुयलाले पुनःविचार गर्नेमा यूरोपेली संघ (इयू) आशावादी रहेको जनाएको छ।

द्वन्द्वरत पक्षसँग सबै प्रकारका सञ्चार कायम राख्न चाहेको र यसमा भेनेजुयलाको निर्वाचित मदुरो सरकारले सोचविचारसहित अघि बढोस् भन्ने आफ्नो धारणा रहेको इयूले एक विज्ञप्ति जारी गर्दै बताएको छ।

भनेजुएलाका विदेश मन्त्री जर्ज अर्जेजाले ट्विटरमार्फत एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै राजदूत क्रिनेरलाई देश छाड्न निर्देशन दिएका थिए।

उनले यो निर्णय देशको आन्तरिक परिस्थितिमा हस्तक्षेपको दोहोरो कार्य भएको बताएका थिए।

‘भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश छोड्न दिइएको दवावप्रति हामी खेद व्यक्त गर्दछौँ,’ इयू विदेश नीति प्रमुख फेडरिका मोघेरिनीका प्रवक्ता माजा कोसियान्किले भने, ‘भेनेजुयलाले राजदूत फिर्ता गर्ने निर्णयलाई पुनः सोच्नेमा हामीले विश्वास लिएका छौं।’

प्रकाशित मिति: : 2019-03-07 20:38:04

प्रतिकृया दिनुहोस्