एनआरएनको चुनावी छायाँमा बोस्टन नेपाली भाषा-साहित्य सम्मेलन

नेपाली भाषा–साहित्य सम्मेलनको एक दृश्य : बाँकि तस्बिर आफैं बोल्छ । तस्बिर : सामाजिक सञ्जाल

गैरआवासीय नेपाली संघको ब्यानरमा अमेरिकाको बोस्टनमा आयोजना गरेको नेपाली भाषा–साहित्य प्रथम सम्मेलन आगामी नेतृत्वको लागि भैरहेको रस्साकस्सीको छायाँमा परेको छ । 

गैरआवासीय नेपाली संघको भाषा साहित्य उपसमितिले आयोजना गरेको सम्मेलनमा एनआरएन शीर्ष नेतृत्वको छायाँ पनि उपस्थिति थिएन । सहभागिताका कोणबाट गरीव रहेको सम्म्लन लगभग अमेरिकी कार्यक्रमजस्तै लाग्ने उटा कर्मकाण्डी ६ बुँदै बोस्टन घोषणापत्र जारी गर्दै सकियो ।

घोषणापत्रमा भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रूपमा मनाउने, साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूलाई नेपालमा आमन्त्रण गरी पर्यटन वर्ष २०२० का उपलक्ष्यमा अन्नपूर्ण वा सगरमाथा आधार शिविरमा विश्व साहित्य सम्मेलन गर्ने, प्रत्येक महादेशमा नेपाली कृतिहरूलाई त्यहाँका स्थानीय भाषामा अनुवाद गरी प्रकाशन गर्ने, प्रत्येक दुईवर्षमा नेपाली भाषा साहित्य सम्मेलन गर्ने, प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिने साहित्यकार र विधाको सूची तयार पार्ने, डायस्पोरामा नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरूलाई छनौट गरी सम्मान गर्ने रहेका छन् ।

तीनदिने सम्मेलनको पहिलो दिन बिभिन्न देशबाट आएका अतिथिको स्वागतमा अनौपचारिक परिचयात्मक कार्यक्रम, काव्यगोष्ठी तथा रात्रिभोजको आयोजना गरिएको थियो |

दोस्रो दिन औपचारिक उद्घाटन र कार्यपत्र प्रस्तुत र तिनीहरूमाथि टीका टिप्पणी गरिए ।

तेस्रो दिन घोषणापत्र जारी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । 

सम्मेलनको प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा.गंगाप्रसाद उप्रेती र प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेल रहेका थिए । कार्यक्रमको अध्यक्षता आयोजक सस्थाका संयोजक गोविन्द गौतमले गरेका थिए । 

सम्मेलनमा खासगरी अमेरिकी नेपाली डायस्पोराका चर्चाप्रिय सदाबहार श्रष्टा सर्जकहरूको सहभागिता थियो । 

प्रकाशित मिति: : 2019-09-05 11:01:57

प्रतिकृया दिनुहोस्