हो म त्यहीँ निर्मला पन्त जो बलाकृत भएपछि कञ्चनपुरको एउटा उखुबारीमा फालिएकी थिएँ।
साथीको घरबाट गृहकार्य सकेर घर फर्कँदै थिएँ, पछाडिबाट कोही मसँग नजिकिन खोजेको थाहा पाएँ। जब थाहा पाएँ मेरा आँखा कालो पट्टीले छोपिसकेका थिए। कता जाने? म कता छु? कसलाई भन्ने? अब के हुन्छ?
उसले मेरो कपडा फुकाल्न जबर्जस्ति गर्दै थियो, सकि नसकि चिच्याइरहेको थिएँ।
आखिर एउटी कलिली १३ वर्षिय केटी के नै गर्न सक्थेँ र?
बस! उसले मेरो पालैपालो शरीरको बस्त्र निकालिरहेको थियो। तब मैले मेरो आमा सम्झिएँ।
पहिलो पटक महिनावारी हुँदा रूँदै आमाको काखमा बस्दा कपाल सुम्सुम्याउँदै भनेकी थिइन्,‘निर्मला अब ठूली भइस् धेरै आवारा केटाको सङ्गत नगर। जता गए पनि घर समयमा आउने गर।’
जब उसले मेरो शरीर केलाउँन खोज्दै थियो, मैले मेरो बाबा सम्झिएँ। हो मेरो बाबा।
जसले मेरो शरीर ढाक्न नयाँ नयाँ कपडा ल्याइदिनुहुन्थ्यो।
पीडा भइरहेको थियो दाजु भाइलाई सम्झिएँ।
जसले ‘ओइ तेरो दिदी कति राम्री’ भन्दा सकि नसअकि झगडा गर्न जान्थ्यो।
अहिले मेरो कुमारित्व जबर्जस्ति गुमाइयो।
घाउ दुख्यो, परिवार सम्झिएँ, आमा सम्झिएँ
यो अवस्थामा मलाई देख्दा मेरी आमालाई कति पीडा हुँदो हो?
ऊ मेरो शरीरसँग खेल्न अझ रोकिएको थिएन म रोएँ, कराएँ।
मेरो मनमा बाढी आयो। उठ्न सकिनँ, होस गुम्यो अनि कहिल्यै नउठ्ने गरि बेहोस भएँ।
सोचिँरहेको छु, त्यो पापी कति दिनसम्म समाजको अगाडि बाच्न सक्ला?
तिम्रो अत्माले सान्ती पाओस निर्मला बहिनी!