जुम्ला रारा अल्ट्रा म्याराथुन सुरू (भिडियाे सहित्)

तस्बिरः बिएल

जुम्ला-रारा अल्ट्रा म्याराथन सुरू भएको छ। कर्णाली स्पोर्टस क्लबको आयोजना भएको प्रतियोगितामा भारत, अमेरिका र बेलायतसमेत सहभागीता रहेको छ।

नेपालका भोजपुर, बुटवल, पोखरा, गोरखा, काठमाडौं, भक्तपुर, पूर्वी रूकुमलगायतका जिल्ला र त्रिभुवन आर्मी क्लबका खेलाडी सहभागी छन्।

महिला र पुरूष दुई समूहमा एक किलोमिटर, पाँच किलोमिटर र ४९ किलोमिटर गरि तीन विधामा प्रतियोगिता सम्पन्न हुने अन्तर्राष्ट्रिय धावक हरी बहादुर रोकायाले जानकारी दिए।

उनले रुटको बारेमा जानकारी दिदै भने 'म्याराथन कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट सुरु भएर टुँडिखेल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउरिगाड, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुनेछ।’

प्रतियोगितामा क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पचहत्तर हजार, पचास हजार  र तीस हजार रुपैयाँ प्रदान गरिने तथा उत्कृष्ट १० खेलाडीलाई पाँच हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र उपलव्ध गराइने आयोजकले जनाएको छ।

गोल्डेन वर्ल्ड ट्रेल सिरिजको सेमिफाइनल रेस समेत रहेको जुम्ला-रारा अल्ट्रा म्याराथन देशका पाँच ठूला प्रतियोगितामध्ये एक हो।

अक्टोबरमा अन्नपूर्णमा पहिलोपटक विश्व विख्यात गोल्डेन वर्ल्ड ट्रेल सिरिज हुँदैछ। दोस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनमा पहिलो, दोस्रो र तृतीय हुने ३ महिला र ३ तीन पुरुषले यस वर्ष अक्टोबरमा अन्नपूर्ण गोल्डेन ट्रेल वर्ल्ड सिरिजमा सहभागी हुन पाउनेछन्।

अन्नपूर्णमा पहिलोपटक विश्व विख्यात गोल्डेन ट्रेल वर्ल्ड सिरिज हुँदैछ। जसको क्वालीफाइ रेस जुम्ला-रारा अल्ट्रा म्याराथन हो।

साथै प्रथम हुने महिला र पुरुष यसै वर्ष फिलिपिन्समा हुने 'पनिसर फिफ्टी माइल्स' मा नि:शुल्क प्रवेश पाउनेछन्।

जुम्ला रारा अल्ट्रा म्याराथन गोल्डेन वर्ल्ड ट्रेल  सिरिजको हिस्सा हुनु गौरवपूर्ण उपलब्धि भएको अन्तर्राष्ट्रिय धावक हरि रोकायाले बिएल नेपालीसँग भने,‘यो महत्त्वपूर्ण जिम्मेवारी पुरा गर्ने अवसर पाउने हामी साँच्चै भाग्यमानी हौ।’

आयोजकले खेल सुरू हुनु अगाडि खेलाडीलाई रुट, मौसम, वातावरण, उचाइ आदिको बारेमा जानकारी गराएको थियो।

तीन ठाँउमा हल्का खाजाको व्यवस्थासमेत गरिएको आयोजकले जानकारी दिएको छ। प्रति खेलाडी तीन लाख सम्मको दुर्घटना बिमा गरिएको क्ललका अध्यक्ष सरोज शाहीले जानकारी गराए।

कार्यक्रममा विश्व साइकल यात्री पुस्कर शाहसमेत उपस्थित भएका थिए।

प्रतियोगितामा सहभागी हुन शाह शनिबार नै जुम्ला पुगेका थिए।

शाहले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता जुम्लामा हुनुले साहसिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए।

‘भविष्यमा जुम्लादेखि रारासम्म साइक्ललिङ गरेर यो ठाउँलाई चिनाउन सकिन्छ,’ उनले भने,‘विश्वमा साहसिक पर्यटनको महत्व बढ्दै गएको छ। नेपाल एक उच्च सम्भावना बाकेको देश हो। यसबाट नेपालले पनि लाभ लिने योजना बनाउनुपर्छ।’

 

प्रकाशित मिति: : 2019-09-15 07:27:39

प्रतिकृया दिनुहोस्