अत्याधुनिक मेशिनहरु भित्रेका कारण नेपालमा नै उपचार सम्भब: स्वास्थ्यमन्त्री

फाइल तस्बिर: बिएल

स्विास्थ्य सामाग्री, उपकरण तथा रसायन सम्बन्धी चौथो नेपाल मेडिकल एक्स्पो काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ।

उक्त मेला सन २०१६ देखि नेपाली बजारमा विश्वस्तरिय स्वास्थ्य प्रविधि भित्र्याउने लक्ष्य सहित मेडिकल एक्स्पोको आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ। मेलाको शनिबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उद्घाटन गरे।

कार्यक्रममा उनले सरकारले स्वास्थ्यसम्बन्धी नीति बनाउदा सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाए। अहिले नेपालमा स्वास्थ्य सम्बन्धी अत्याधुनिक मेशिनहरु भित्रेका कारण नै जटिल रोगको उपचार नेपालमा सम्भब भएको उनले बताए।

आइतबारसम्म चल्ने मेलामा मेडिकल, सर्जिकल र डायग्नोस्टिक सहित तीन बिधाका विश्वस्तरिय उपकरण, प्रविधि र प्रयोग हुने रसायन सहितको प्रदर्शन गरिएको छ। अस्पताललाई चाहिने सम्पूर्ण उपकरण तथा शल्यक्रियाका नवीन प्रविधि सहित प्रयोगशाला उपकरणलाई प्राथमिकता दिइने मेला आयोजक समितिले जनाएको छ।

मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय लगाएतका कुल दुई सय २० स्टल छन् भने नेपाली मेडिकल सामाग्री आयातकर्ताहरुको ६० स्टल रहेका छन्।

 

प्रकाशित मिति: : 2019-12-14 15:27:30

प्रतिकृया दिनुहोस्