प्रदेश नं २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय जानकीनगर खोक्सीका ३८ छात्रालाई साइकल वितरण गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष रेखाकुमारी यादवले संयुक्त रुपमा साइकल वितरण गरेका हुन्।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष महतोले शिक्षाको विकास नभई अन्य विकास सम्भव नभएको बताउँदै शिक्षाको विकासका लागि समाजका सबै वर्ग सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए।(रासस)