पर्साको ग्रामीण क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पदार्थको तस्करीमा बृद्धि भएको छ। भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएका कारण तस्करी बढेको हो।
नेपाली तथा भारतीय तस्कर समूहले दैनिक हजारौं लिटर पेट्रोल र डिजेल भारतीय बजारसम्म पुर्याउने गरेका छन्। विशेष गरी पर्साको ग्रामिण क्षेत्रमा रहेका पेट्रोल पम्पहरुबाट तस्करहरुले भिस्वा, जानकीटोला, दशौता, पाडेपुर, पिडारीगुठी, महादेव पट्टी, सुवर्णपुर, बिजयबस्तीका नाका भएर इन्धन भारतीय बजार धुमाटाड, भंगहा, इनर्वा, मैनाटाड तथा सिकटासम्म पुर्याउने गरेको छन्।
खुल्ला सिमानाका भएका कारण तस्करहरुले सहजै साइकल, मोटरसाइकल तथा ट्याक्टरमा इन्धन भरिएका ड्रम तथा गिलेन भारतसम्म पुर्याउने गरेका पाइएको छ। कतिपय तस्करहरुले मोटरसाइकलको ट्याकीं र डिक्कीमा समेत पेट्रोल भरी भारत लैजाने गरेको स्थानिय वासिन्दाले बताएका छन्।
नेपाली बजारमा पेट्रोल प्रति लिटर १ सय ८ रुपैया र डिजेल प्रति लिटर ९६ रुपैया रहेको छ। उता भारतीय बजारमा पेट्रोल प्रति लिटर नेपाली १३० र डिजेल प्रति लिटर नेपाली ११५ रुपैया पर्ने गर्दछ। पेट्रोलको मूल्य २२ रुपैया प्रति लिटर र डिजेलको मूल्य १९ रुपैया नेपालमा सस्तो पर्ने भएपछि सिमावर्ती भारतीय बजारमा इन्धनको तस्करी हुने गरेको स्थानिय वासिन्दाले बताएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया