महाबौद्ध गुम्बाको मूर्ति चोरी

फाइल तस्बिर

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ ९गोप्य दानपेटिका० फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए। गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन। उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताए। बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति: : 2019-11-24 10:51:20

प्रतिकृया दिनुहोस्