नुवाकोटमा ३ वर्षीय बालकको हत्या

प्रतिकात्मक तस्बिर

बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या भएको हो ।

रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।

प्रकाशित मिति: : 2019-11-01 22:36:22

प्रतिकृया दिनुहोस्