सोमबार, १५ डिसेम्बर २०२५

ललितपुर महानगरपालिकाको दुई ओटा गाडीमा आगलागी

News Image
बिएल
• • •

ललितपुर महानगरपालिका १३ को सिँचाइ हिटीमा रोकिराखेको दुई ओटा गाडीमा आगलागी भएको छ ।

आइतबार बिहान ११ बजेको समयमा रोकि राखेकोदुई ओटा गाडीमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट पार्किङ गरी राखिएका बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै सँगै रोकेर राखिएको अर्को गाडीमा भने आंशिकरुपमा क्षति भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले बताए ।

दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । आगलागीको कारण भने नखुलेको र अनुसन्धान भैरहेको डीएसपी मिश्रले जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!