नवलपरासीमा बसले जिपलाई ठक्कर दियो, १ जनाको मृत्यु,३ जना घाईते

बीएल

नवलपरासीको कावासोती स्थित डण्डामा गएराति बस र बलेरो एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पश्चिमका लागि हिडेको ना ७ ख ५८१५ नंको बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बलेरो ठक्कर खाँदा बलेरो चालकको निधन भएको हो ।

दुर्घटनामा बोलेरो चालक नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन सकेको छैन । बेलेरोमा रहेको एक जना, बस चालक र बसका एक जना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-10-10 08:03:41

प्रतिकृया दिनुहोस्