जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते

फाइल तस्बिर

जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् । धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका छन् ।

घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । “बँदेललाई बचाउन जाँदा बँदेलले उल्टै आक्रमण गर्दा पाँच जना घाइते भएका छन्”, वडाध्यक्ष महराले भने, “कुकुरको आक्रमणबाट दुई वटा वयस्क पोथी बँदेलको मृत्यु भएको छ भने दुई वटाको उद्धार गरी नजिकैको वैजनाथ सामुदायिक वनमा सुरक्षितरुपमा छाडिएको छ ।” मरेका बँदेललाई सरोकारवालाको रोहवरमा कागजात तयार गरी खाल्डोमा हालेर पुरिएको उनको भनाइ छ ।

भित्र्याउनै लागेको धानबाली बँदेललगायतका जङ्गली जनावरले खान थालेपछि स्थानीय किसानले सास्ती खेप्न बाध्य भएका छन् ।

प्रकाशित मिति: : 2019-10-04 22:18:03

प्रतिकृया दिनुहोस्