मध्यराति इटहरीमा बसभित्रै ‘ग्याँङ रेप’

युवती बलात्कारमा पक्राउ परेका चार जना। तस्बिर: प्रहरी

सुनसरीको इटहरीमा एक युवती बस भित्रै ‘ग्याँङ रेप’ को सिकार भएकी छन्।

सोमबार राति इटहरी ९ स्थित साथी पेट्रोल पम्म नजिक को १ ख ४६२७ नम्बरको बसभित्र धरानदेखि इटहरी आउँदै गरेकी युवतीमाथि ‘ग्याँङ रेप’ भएको प्रहरीले जनाएको छ।

इटहरी आएपछि चोकमा यात्रु उतार्‍यो। धरान घर भएकी युवती बेलबारी आफन्तको घर हिँडेकी थिइन्। बस विराटनगर हिँडेको हुनाले त्यहीँ ओर्लिन खोजिन्।

अन्तिम सिटमा रहेकी बसेकी ती २२ वर्षीया किशोरीलाई भने बसका कर्मचारीले ओर्लिन दिएनन्।

ढोकामा बसेर रोके। ढोका बन्द गरे। उनलाई ओर्लिन दिएनन्।  उनीहरूले युवतीलाई बोल्न दिएनन्। धम्क्याए। चालक विकास कसाईले गाडी तीब्र गतिमा हुइँक्याए।सुनसरी इटहरी उपमहानगरपालिका-१० स्थित उक्त पेट्रोल पम्मभन्दा केही पर रोके। मदिरा सेवन गराए र सामूहिक करणी गरे।

रेपमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। ती युवतीलाई बसभित्रै पालैपालो जवरजस्ती करणी गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दर हरैंचा नगरपालिका १२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका ४ का सुरज थापा, सिरहा लहान नगरपालिका ४ का सुरेन्द्र भुजेल, बेलबारी नगरपालिका ७ का आशिष कार्की छन्।

घट्नामा बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार छन्। उनीहरूलाई घटना भएको केही समयमै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित युवतीले गस्तीमा रहेको प्रहरीको भ्यानलाई रोकेपछि तत्कालै उनिहरु पक्राउ परेका थिए। बलात्कृत युवतीलाई प्रहरीले राति नै उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेको थियो।

डिएसपी भण्डारीका अनुसार पीडितको स्वास्थ्य अवस्था सामान्य छ। पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको र उनीहरुमाथि मुलुकी अपराध संहिताको जबरजस्ती करणी अन्तर्गत मुद्दा चल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-10-02 00:17:30

प्रतिकृया दिनुहोस्