मनाङ जाँदै गरेको जिप लमजुङमा पहिरोमा पुरियो

बिएल

लमजुङको मर्स्याङदी गाउँपालिका–४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक बन्द भएको छ।

बेंसीसहर–चामे सडकअन्तर्गत स्याँगेको घुम्तीमा शनिबार बेलुका पहिरो गएको हो।उक्त पहिरोमा परी काठमाडौंबाट बेंसीसहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बर स्करपियो जिप पुरिएको छ।

पहिरोले सवारी साधनमा क्षति पुर्‍याए पनि यात्रु भने भाग्न सफल भएका छन्।

जिपमा चालकसहित ५ जना थिए।उनीहरु पहिरोबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-29 11:48:25

प्रतिकृया दिनुहोस्