जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ ।
गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए । तर चिकित्सक र कर्मचारीको सवारी साधन भने निरन्तर चलिरहेको छ । दुई वर्ष तत्कालीन अस्पतालका अध्यक्ष महेन्द्र शाहले पार्टीको कार्यक्रममा लिएर दुर्घटनामा परेको गाडी अहिले सञ्चालन भएको छ ।
अस्पतालजस्तो संवेदनशील ठाउँमा एम्बुलेन्स नै नहुँदा दैनिक बिरामीले सास्ती भोग्नुपरेको छ । एम्बुलेन्सको अभावमा बिरामी बोकेर, स्टे«चरमा राखेर अस्पताल लाने र ल्याउने काम भएको स्थानीयवासी बताउँछन् । त्यस्तै हप्ता दिनदेखि जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको छ ।
चट्याङका कारण एक्सरे मेशिनमा समस्या आएपछि बिरामीले एक्सरे गर्न पाएका छैनन् । मेशिन मर्मतका लागि प्राविधिक बोलाएको अध्यक्ष बस्नेतले बताए । अस्पतालमा कर्णाली प्रदेश सरकारले बजेट नपठाउँदा एम्बुलेन्स मर्मतमा समस्या आएको उनले बताए । स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय र अस्पताल एकै कार्यालयको रुपमा रुपान्तरण पछि अहिले गाभ्ने कार्य शुरु भएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया