डा.केसीको जीवन रक्षाका लागि तत्काल बार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

फाइल तस्बिर

प्रमुख विपक्षी नेपाली कांग्रेसले डडेल्धुरामा आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जीवन रक्षाका लागि तत्काल बार्ता टोली गठन गरेर जायज माग पूरा गर्न आग्रह गरेका हुन्।

‘डा. केसीको जीवन लक्षाका लागि तत्काल बार्ता टोली गठन गरेर जायज माग पूरा गर्ने अग्रसरता सराकारले लेओस् भन्नी अपिल र आग्रह गर्न चाहन्छौं’, उनले भने।

सातबुँदे माग राखेर डा. केसी ८ दिनदेखि डडेल्धुरामा अनशनरत छन्। केसीको स्वास्थ्य भने प्रतिकुल बन्दै गएको छ। उनको शरीरमा चिनी र नुनको मात्रा कम भई स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थालेका छन्।

डडेलधुरा अस्पतालका मेसु जितेन्द्र कडेलले स्वास्थ्यमा जटिल अवस्था आए डडेल्धुरा अस्पतालमा उनको उपचार गर्न नसकिने बताए।उनको शरीरमा अक्सिजन पनि कमी हुन थालेको छ।

सोमबार प्रहरी लगाएर डा।केसीलाई काठमाडौं लैजान खोज्दा उनका भाइ किसोर केसीसँगै स्थानीय नागरिक समाज पत्रकार, र सर्वसधारण प्रतिकारमा उत्रिएपछि उनलाई लिन आएको सेनाको हेलिकोप्टर फिर्ता गएको हो।

अनसनरत डा. केसीलाई सत्तारढ दल नेकपाबाहेक प्रतिपक्षी नेपाली कांग्रेससँगै अन्य साना दल नेकपा जनमोर्चा, राप्रपा नेपाल समाजवादी पार्टी, साझा विवेकशीललगायतका दलले समर्थन जनाएका छन्।

 

 

 

प्रकाशित मिति: : 2019-11-12 16:06:48

प्रतिकृया दिनुहोस्