केही दिनअघि रानीपोखरीस्थित प्रहरी कार्यालयमा महिला हिंसाको घटनाबारे बुझन् गएकी थिए। एक प्रहरी अधिकारीलाई सोधे–‘हिजोआज बलात्कारको घटना निकै बढ्एको छ हैं?’
उनको जवाफ थियो– ‘म्याडम, हिजोआज त बालबालिका पनि १०–१२ वर्षमै जवान हुन थाले। प्रेममा डुब्ने अनि यौनसम्पर्क राख्न भ्याई हाल्ने। परिवारले थाहा पाएपछि त्यहीँ विषय बलात्कार बन्ने र मुद्दा दर्ता हुनेगर्छ।’
पछिल्लो अध्ययनले यौनजन्य विषयलाई परिवार र समाजले लुकाउन खोज्दा यो झन् बढी बिस्फोट भएर आउन थालेको देखाएको छ। उमेर नपुगेका युवामा यौनप्रति यति ठूलो कौतुहल र जिज्ञासा छ। जसका कारण सानै उमेरमा उनीहरू यौनजन्य विषयमा फस्न थालेका छन्।
विद्यालयमा स्वास्थ्यजस्तो विषयलाई अनिवार्य बनाइएको छैन। यसलाई ऐच्छिक बनाउँदा यसअन्तर्गत पर्ने यौनका कुरा ओझेलमा परेको देखिन्छ।
कंलकी मालपोतमा लेखापढी गर्ने एक पुरूषले श्रीमतीलाई सधैं कुटपिट गर्ने र घरबाट निकाल्ने गरेपछि ती महिला न्यायको खोजीमा मिडियासम्म पुगिन्।
केहि पत्रपत्रिकामा समाचार प्रकाशित पनि भयो। मैले पनि रेडियोमा उनको अन्तर्वार्ता लिन भ्याए।
श्रीमानले कहिले घरमा समय नदिएको र कहिले मिठो नपकाएको भन्दै सधैं आफूलाई कुटपिट गर्ने गरेको उनको आरोप थियो।
उनको कुरालाई सतहीरूपमा हेर्दा घरेलु हिंसाको मुद्दा बन्थ्यो र त्यो बन्यो पनि। केहि संस्थाले ती महिलालाई आश्रय पनि दिए।
म पनि ती महिलासँग एकवर्ष निरन्तर सम्पर्कमा रहे।
विस्तारै उनी मसँग खुल्न थालिन् र एकदिन भनिन्, ‘मेरो बुढाले मलाई कुटपिट गर्न थालेको कारण अर्कै छ नानी। भन्न पनि लाजमर्दो कुरा छ।’
वास्तविक कुरा रहेछ, उनी भगवानप्रति निकै आस्थावान रहेछिन्। सातामा २ दिन त ब्रत नै बस्नुपर्ने।
तर, श्रीमानलाई राती घर आएपछि मोबाईलमा ‘पोर्न साइट’ हेर्नुपर्ने। र, नीला चलचित्रमा देखाए झैं यौन गतिविधि राख्न रुचाउँने।
उनले आँखाबाट बलिद्र आशु झार्दै दुःखेसो पोखिन्, ‘सरस्वती बास बसेको मुखमा म कसरी मैथुन गरुँ?’
यो घटनाले उनको घरको स्थिति यतिसम्म खराब भयो, श्रीमानले झन्डैं मट्टितेल छर्केर उनलाई मार्ने प्रयास गरें।
यसबाट म छर्लङ्ग भए, वास्तवमा उनको सम्वन्ध बिग्रिनुमा यौंन मुख्य कारण रहेछ।
गत वर्षमात्र जागिर खाने एक महिला साथीले पनि सम्वन्ध बिच्छेद गरिन्। मैले देख्दासम्म उनीहरू एकअर्कालाई औंधी माया गर्थे। तर, त्यस्तो के भयो? एक्कासी उनीहरू सम्बन्ध बिच्छेदको निर्णयमा पुगे? सुरूमा मलाई पत्याउनै गाह्रो पर्यो। मलाई उनीहरूको सम्बन्ध बिग्रिनुको कारण जान्ने इच्छा भयो।
उनीहरूले पनि अदालतमा दायर गरेको मुद्दामा सम्बन्ध बिच्छेद गर्नुको कारण विभिन्न जनाएका थिए। तर, गहिरोसँग बुझ्दै जाँदा थाहा भयो, उनीहरूको पनि सम्बन्ध बिग्रिनुमा यौन नै कारण रहेछ।
मेरो लामो अनुरोधपछि साथीले भनिन्, ‘मेरो श्रीमानलाई जुन बेला शारीरिक सम्वन्ध राख्न मन लाग्यो, म तयार भइहाल्नुपर्ने। नुहाएर वाथरूमबाट निस्कन पाएको छैन, उनको यौनाङ्गलाई उनले भने जसरी चुम्नुपर्ने रे!’
सुरूसुरूमा उनले डरले मन नलागे पनि श्रीमानले भने जस्तै गरिछन्। तर, जब उनले यसको प्रतिवाद गर्न थालिन्, श्रीमानले अर्केसँग लागेको आरोप लगाउँदै सधैंजसो कुट्न थाल्यो।
‘म कामबाट थाकेर आउँथे। उसलाई भने यौनको प्यास नै बुझाउन हतारो हुने। मलाई लाग्यो, कति दिन बस्तु बनेर प्रयोग मात्र हुने? यही प्रश्नको उत्तर नभेटेपछि म सम्वन्ध विच्छेदको मुद्दा हाल्न बाध्य भएँ,’ उनले भनिन्।
मसँग ठोकिएका यी दुई घटना नेपाली समाजका प्रतिनिधि पात्र मात्र हुन्।
पछिल्लो समय म जति महिला हिंसाको घटनालाई गहिरोसँग अध्ययन गर्छु, प्रायः सबै यौनसँग जोडिएर आउने गर्छन्।
लोग्ने र स्वास्नीबीचको झगडा अड्डा अदालतसम्म पुग्दा कागजी रुपमा कारण एउटा बताइएको हुन्छ। तर, वास्तविकता अर्के हुन्छ।
समाजमा बढ्दो बलात्कारका घटना र आत्महत्या गर्ने प्रवृत्तिलाई अध्ययन गर्दा यस्ता घटनामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष यौनसँग सम्वन्धित कुरा नै जोडिएर आउने गरेका छन्।
पछिल्लो समय समाजिक मूल्यमान्यता धरासायी हुँदै गइरहेको छ। यसले पारिवारिक मूल्यलाई पनि कमजोर बनाउँदै लगिरहेको छ।
यही विषयलाई लिएर हामीले डाक्टर राजेन्द्र भद्रसँग कुराकानी गरेका थियौं। उनको भनाई बिएल नेपाली सेवाको भिडियोमा।