वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० ठेगाना भएकी ४६ वर्षीय विमला थापा रहेकी छिन् ।
थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले थापागाउँ बानेश्वरबाट आइतबार पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई उनि फरार भएकी थिइन् ।
थापालाई जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।