माटोको ढिस्कोले पुरिएर पर्वतको कुश्मा नगरपालिका ७ खहरेमा एक जना सब–ओभरसियरको मृत्यु भएको छ।सोमबार बिहान १० बजे सडकको लम्बाइ/चौडाइ नाप्ने क्रममा मोरङ बेलबारीका अन्दाजी २० वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गतको बाटोको काम हुँदै गर्दा सडकमाथिको मोटोको ढिस्कोले पुरिएर प्रहरीले जनाएको छ ।राईको शवलाई एक्साभेटरको सहयोगले बाहिर निकालिएको छ।