ट्याक्टर चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१ सहुवाटिकरका जीतेन्द्र मिश्र रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक बिरेन्द्र थापाका अनुसार मिश्रले गत भदौ ३१ गते सुनवल नगरपालिका–१२ हरकट्टाकी सुमित्रा यादवको लु २ त ३२१४ नं. को ट्याक्टर घरबाटै चोरी गरेका थिए । ट्याक्टर चोरीपछि मिश्रले सीमावर्ती भारतीय बजारमा १ लाख नेपालीमा बिक्री गर्ने योजना बनाएका थिए ।
बिक्रीका लागि लग्दै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिकाको महेशपुर चोकबाट आईतबार साँझ मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।