पर्सामा चट्याङ लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बहुदरमाई नगरपालिका२– बैरिया विर्ताका करिब ३५ वर्षीय माधव राम रहेका छन् । पानी परेको बेला खेतमा गएको अवस्थामा चट्याङ पर्दा राम घाइते भएका थिए ।
घाइते रामको वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।