‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित पूर्वसांसदको निधन

फाइल तस्बिर

पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज (शुक्रबार) निधन भएको छ । ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित भएका पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको परिवार स्रोतले बताएको छ ।

विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए ।

विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

दाहालको पार्थिव शरीरलाई अहिले धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको छ । पार्टी महासचिव विष्णु पौडेलले पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरे । आझै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-20 13:35:27

प्रतिकृया दिनुहोस्