सशस्त्र प्रहरीले वीरगञ्जबाट १ लाख ७९ हजार रुपैयाँको कपडा र मोटर पार्टस बरामद गरेको छ । भारतको रक्सौलबाट अवैध रुपमा भन्सार छली पैठारी गरी नेपाल तर्फ ल्याउँदै गर्दा समान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।
नायब खत्रीका अनुसार वीरगञ्ज भन्सारको सुरक्षा तथा गस्तीका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १ लाख ७९ हजार २ सय १० मूल्य बराबरको लत्ताकपडा र मोटरपार्टस बरामद गरिएको हो ।
बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।