अज्ञात समूहद्वारा मेयरको कार्यकक्षमा आगजनी

फाइल तस्बिर

टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा गएराति आगजनी भएको छ। अज्ञात समूहले मेयरको कार्यकक्षमा आगजनी गरेको मेयरको सचिवालय प्रमुख विष्णु खनालले बताए। खनालकाअनुसार मेयरको कार्यकक्षको झ्यालको सिसा फुटाइएको छ भने झ्याल नजिकै एक हतौडा र पेट्रोल भरिएका २ वटा बोत्तल भेटिएका छन।

आगजनीबाट मेयरको कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा समानमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यकक्षमा रहेका अन्य कागजातमा भने कुनै क्षति भएको छैन । मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको बताइएको छ ।

लाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले घटनास्थलमा गएर हेर्दा कसैले आगजनी नै गरेको हो भन्न नसकिने बताए । उनले घटनाका बारेमा अनुसन्धान भैरहेको बताए।

प्रकाशित मिति: : 2019-09-15 15:00:11

प्रतिकृया दिनुहोस्