सपनाको देश मानिने अमेरिका जान मानिसहरू के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्था सिर्जना हुदैगएको छ ।
कुनै बेला नटवरलालको देश भनेर चिनिने भारतका एक युवाले अमेरिका जान यस्तै नयाँ संस्कणको 'नटवरलाल हर्कत' गरेका छन् । ्
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार एक ३२ वर्षीय एक युवकलाई ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लाग्दा भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलमा पक्रा उ गरेको छ । पक्राउ पर्ने अहमदावादका जयस पटेल भएको बताइएको छ ।
पटेल अर्काको नामको राहदानीमा सेतो कपाल र सेतै दारी–जुंगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा पक्राउ परेका हुन् ।
अमरीक सिंह नाम गरेका वृद्धको राहदानी प्रयोग गरेर अमेरिका जान लागेका उनी वृद्धजस्तै देखिए पनि छाला चाउरी नपरेकाका कारण पक्राउ परे ।
हिरासतमा लिएर उनीमाथि अनुसन्धान भैरहेको दिल्ली प्रहरीले जनाएको छ ।